Wednesday, June 10News That Matters

बोक्सेकी एक महिला बेपत्ता, खोजीमा प्रहरी, पत्रकार गुहार्दै परिवार

पूर्णपुष्टि, माघ २६ गते । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी एक महिला दुईदिन देखी बेपत्ता भएकी छिन् । बोक्से पाटनदेवी टोल स्थित ३२ बर्षिय डम्बर बिककी श्रीमती २४ बर्षिया उर्मिला बुलन (बिक) दुई दिनदेखी बेपत्ता रहेको परिवारले जनाएको छ । परिवारले प्रहरीमा खोजीका लागि हिजो जाहेरी दिएको छ ।

श्रीमान डम्बरका अनुसार २४ गते दिउँसो नन्दलाई बजार जान्छु भन्दै हिँडेकी उर्मिला फर्केर नआएपछि बेपत्ता छिन् । उनि बेपत्ता भएपछि दुई बालबच्चाको बिचल्नी भएको छ । अढाई बर्षका बालक छोरो र नौ बर्षिया छोरी आमा खोजिरहेका छन् ।

परिवारले उनको खोजी आफन्त, माईती र नरनातासम्म गर्दासमेत पत्ता नलागेको जनाईएको छ । दुईबच्चाका साथ श्रीमतीको खोजी गर्दै मिडिया समक्ष आएका डम्बरले खोजीमा लागिदिन सबै सँग आग्रह गरेका छन् । बेपत्ता हुनुका कारण थाहा नभएको तर श्रीमतीको लुगाफाटा घरमा नरहेको, उनैले लगेको हुन सक्ने उनको भनाई छ । बेपत्ता महिलाको माईती पक्षलाई सम्पर्क गर्दा आफुहरुको सम्पर्कमा नभएको जनाएको छ । अन्तरजातिय बिवाह गरेको डम्वरले महोत्तरीको बर्दिवासकी उर्मिला सँग १५ बर्ष अगाडी बिहे गरेका थिए ।