बोक्सेमा आज देखी दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोति हुदै

पूर्णपुष्टि, माघ १६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० बोक्सेमा आजदेखी दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोगिता हुदैछ ।

वडा युवा खेलकुद विकास समिति बोक्सेद्धारा आयोजित दोस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता उद्धघाटन खेल आज हुने भएको छ । राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद’ भन्ने नाराका साथै खेल माध्यमबाट युवाहरुलाई दुव्र्यसन मुक्त स्वास्थ्य समाज निर्माण गर्ने उदेश्यका साथ प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

त्रि. न. पा. १० नयाँ बस्ती गंगा खेल मैदानमा हुने खेलको उद्धघाटन प्रमुख अतिथि त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले गर्ने छन् । आजको उद्धघाटन खेल गाईघाट फुटबल क्लब र बसाहा फुटबल क्लब बिच दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ । हुनेछ । यस प्रतियोगितालाई फ्युजन फुटबल क्लबले समन्वय गरेको छ । आजदेखी सुरु हुने खेल मंसिर २७ गते सम्म हुनेछ ।

यस प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहनेछ । खेल फिफाको नियम अनुसार नकआउट प्रणालीबाट खेलाईने र प्रत्येक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले २ हजार रकम र विदागत उत्कृष्ट खेलाडीहरुले आकर्षक पुरस्कार साथै टोकन लभ प्राप्त गर्ने छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैँया र उपविजेता टिमले ५० हजार १ सय ११ रुपैँया सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0