
पूर्णपुष्टि, १७ माघ ।
दोस्रो वडा अध्यक्ष गोल्ड कप ठब् साईड फुटबल प्रतियोगिताको दोस्रो दिन कटारी फुटवल क्लव बिजयी बनेको छ । इटेरी फुटवल क्लव सुनसरीलाई ट्राईबेकरमा ८÷७ ले हराउँदै कटारी बिजयी बनेको हो । कटारीको तर्फबाट आठै जना खेलाडीहरुले गोल गरेका थिए भने सुनसरीको तर्फबाट एक गोल मिस भएको थियो । कटारीका गोल किपर निश्चल कार्कीले सुनसरीको एक गोल रक्षा गर्दा कटारी फुटवल क्लव बिजयी बनेको हो । समय अबधिभर दुवै टिम गोल रहित भएपछि खेल पेनाल्टीमा परिणत भएको थियो । प्रतियोगितामा कटारीका गोल रक्षक कार्की म्यान अफ दी म्याच समेत घोषित बने । उनले रु दुई हजार नगद समेत प्राप्त गरेको छ । भोलीको खेल स्टार युवा क्लव जोगिदह र फ्युजन फुटवल क्लव बोक्सेबीच हुने आयोजकले जनाएको छ ।
