
पूर्णपुष्टि, असार ७
सोमवार साँझ भातिखर्कमा भएको बोलेरो दुर्घटनामा एक जनाको ज्यान गएको छ । बेल्टार बाट गाईघाट तर्फ आउँदै गरेको बोलेरो मदन भण्डारी रामार्ग अन्तर्गत पर्ने त्रियुगा नगरपालिका १३ भातिर्खमा दुर्घटना हुँदा कुमार वस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बा ९ च ३८४६ नम्बरको बोलेरो भातिखर्क नजिक आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लिला बहादुर श्रेष्ठले जानकारी दिए । दुर्घटनामा बस्नेत गम्भिर घाइते भएपछि उपचारको लागि जिल्ला अस्पताल बोक्से पुर्याएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको थियो ।

बोलेरो आफै अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको थियो भने बोलेरो चालक सामान्य घाइते भएको छ । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । मृतक बस्नेत नेकपा एकीकृत समाजवादी त्रियुगा नगर कमिटी सदस्य हुन् । बस्नेत त्रियुगा नगरपालिका १३ ढिक बस्ने स्थानीय हुन् ।
