बौलाएको आशंका गरिएको कुकुरले दुई विद्यार्थी टोक्यो, नियन्त्रण गर्न स्थानीयको माग

घाईते दुई बालक अस्पतालमा उपचारपछि

पूर्णपुष्टि (उदयपुर), पुस २० ।
केही दिनयता छाडारुपमा डुलिहिड्ने कुकुरले उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित सुपरसेन ऐकेडेमी बोर्डिङ स्कुलमा पढ्ने दुई वालकलाई आज टोकेको छ । केही दिनयता गाउँमा अन्य मानिसहरुसमेतलाई सो कुुकुरले टोकेको स्थानीयले बताएका छन् ।

बोर्डिङ पढ्न गएका बालकहरु १२ वर्षिय सायल खत्री र ५ वर्षिय सुसिल बस्नेतलाई कुकुरले टोकेको हो । उनीहरुलाई उपचारका लागि उदयपुर अस्पताल लगिएको सायलका बुवा सम्बरबहादुर खत्रीले बताए । सो कुकुर बौलाएको आशंका गरिएको छ ।

कुकुरले टोकेर ओठमा चोट लागेका बालक

कुकुरका कारण सो वडाको खाटमन्दिर गाउँ र आसपासका क्षेत्र आतंकित बनेको छ । सो कुकुर बौलाएको भएमा अन्य कुकुरहरुलाईसमेत टोकेर रोग सारेको हुनसक्ने आशंका छ । तत्काल कुकुर नियन्त्रणको माग स्थानीयको छ । कुकुरलाई मारेर हुन्छ वा समातेर नियन्त्रण गर्न माग उनीहरुको छ । कुकुर छाडै रहेमा अन्य मानिसलाई टोक्ने जोखिम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: