Saturday, June 27News That Matters

ब्याड्मिन्टन संघको नयाँ पदाधिकारीको पदस्थापन

उदयपुर, वैशाख १६ ।
उदयपुर जिल्ला ब्याड्मिन्टन संघका नयाँ पदाधिकारीको सपथग्रहण तथा पदस्थापन शनिबार भएको छ । संघका नवनिर्वाचित अध्यक्ष किसन राई (कालिदास राई), चार उपाध्यक्षहरु नारायण तामाङ, देविराज राई, अनिल आले मगर, नमस कार्की, सचिव मेधजुद्ध मगर र कोषाध्यक्ष बादल खतिवडाले सपथ ग्रहण गरेका हुन् । त्यस्तै सदस्यहरु देवनारागण चौधरी, राजकुमार थापा, शर्मिला राई, लिलाकान्त चौधरी, सुनिल पोखरेल, निलम खड्का लगायतले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् ।
जिल्ला न्यायधिश हरिश्चन्द्र इन्माङको प्रमुख आतिथ्य, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीको विशेष आतिथ्य, सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता उत्तम श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धान उपनिर्देशक कुमार बुढाथोकी, ब्याडमिन्टन संघ कोशी प्रदेश प्रतिनिधि दिपक राई, जिल्ला खेलकुद विकास समिति अध्यक्ष पर्वत दाहाल, संघका निवर्तमान अध्यक्ष राजेश कार्की, मालपोत कार्यालय प्रमुख कुमारबहादुर खड्का, प्रहरी निरिक्षक रोशन थापा लगायतको आतिथ्यमा भएको कार्यक्रममा पदाधिकारी तथा सदस्यहरुलार्य प्रमाणपत्र प्रदान गरिएको थियो ।
पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङ, वाईसिइल केन्द्रिय उपमहासचिव एविराज राई, प्रेस सेन्टर नेपाल उदयपुरका अध्यक्ष सुपराज राई, सुन्दरपुर ब्याड्मिन्टन क्लव सल्लाहकार सन्तोष कटुवाल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायधिश इन्माङले उदयपुरमा ब्याड्मिन्टनको विकास र विस्तार देखिएको बताउनुभयो । यसलाई थप व्यवस्थित र गुणस्तरीय बनाउदै लैजानु पर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । विशेष अतिथि सहायक सिडियो रेग्मीले ब्याड्मिन्टनमा अनुशासनसंगै शारिरीक अभ्यास, तन्दरुस्ती र मनोरञ्जन रहेको बताउनुभयो । यसको विकासले सबैलाई फाइदा पुग्ने उहाँले बताउनुभयो । पदस्थापनसंगै कार्यसमितिको पहिलो बैंठक भएको छ ।