पूर्णपुष्टि, पुष ३० गते ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं–६ महानन्द चौक स्थितबाट लागुऔषध ब्राउनसुगर सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचिनगर नगरपालिका वडा नं–७ का २६ बर्षीय विकाश राजवँशी र २४ बर्षीय निर्मल भुजेल रहेका छन् ।
हिजो बेलुका ७ बजे प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउनसुगर ११ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।
