
झापा, भदौ ९
झापामा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । हिजो दिउँसो ब्राउन सुगरसति बाह्रदशी गाउँपालिका–३ का २३ बर्षीय अमिन मोहम्बद पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटेको संयुक्त प्रहरी टोलीले ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बाह्रदशी गाउँपालिका–२ को बिरिङ खोला किनाराबाट मोहम्बदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मोहम्बदलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
