
पूर्णपुष्टि, भदौ ९
नेपालमा आज थप आठ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या सङ्ख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप तीन सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १९ हजार एक सय १९ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या एक सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।
