
पूर्णपुष्टि, भदौ ९
रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
बुटवलमा घर बनाउने क्रममा छतबाट खसेर घाइते भएका उनको सोमबार राति भैरहवाको भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्न पीसीआर परीक्षण गर्दा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको जनाईएको छ ।
कोरोना पोजेटिभ देखिएपछि ती पुरुषलाई भैरहवा युनिभर्सल मेडिकल कलेजबाट भीम अस्पताल ल्याइएको थियो ।
