
पूर्णपुष्टि, माघ २३ । सुनसरीको कोशी गाउँपालिका–१ र भोक्राहा नरसिंह गाउँपालिका–३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी रामधुनी नगरपालिका–३ का २३ वर्षीय मो. जाविर, सप्तरी कन्चनरुप नगरपालिका–७ का २२ वर्षीय बिजय खड्का, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–१० का २४ वर्षीय रोहित मण्डल र उदयपुरको रौतामाई–७ का २८ वर्षीय पदम बहादुर मगर रहेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगकार अनुसार मंगलबार लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले चेकजाँचको क्रममा उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीका अनुसार जाविरबाट १ ग्राम १० मिलिग्राम ब्राउन सुगर, खड्काबाट २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट १५ ट्याब्लेट, मण्डलबाट २ ग्राम ४१० मिलिग्राम र मगरबाट २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ परेका चारै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।