ब्राउन सुगर सहित एक जना पक्राउ

पूर्णपुष्टि, कार्तिक २
बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: