Thursday, May 21News That Matters

ब्राउन सुगर सहित एक जना पक्राउ

पूर्णपुष्टि, पुष २५
झापाको मेचीनगर नगरपालिका–६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित एक जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ गुफाडाँडाका २६ बर्षीय राकेश तामाङ रहेका छन् ।

शनिबार जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।