Tuesday, June 23News That Matters

ब्राजिलका ३ वटै सेनाका प्रमुखद्वारा राजीनामा

पूर्णपुष्टि, चैत १८ 

ब्राजिलका तीन वटै सेनाका प्रमुखले एकैसाथ राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले रक्षा मन्त्रीलाई हटाएको भोलिपल्ट त्यहाँका स्थल, जल तथा हवाई सेनाका प्रमुखले राजीनामा दिएका हुन् ।

राष्ट्रपतिसँग असन्तुष्टि राखेर उनीहरुले राजीनामा दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छभन् । यस अघि पनि ब्राजिलमा यस्तो घटना हुने गरेको खबरमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बोल्सोनारोले सेनालाई संविधान र कानुनसम्मत नभइ आफू अनुकुल बनाउन खोजेको आरोप लागेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला तीन वटै सेनाका प्रमुखको राजीनामाले राष्ट्रपति बोल्सोनारोमाथि थप चुनौती बढेको जनाइएको छ ।