Saturday, May 23News That Matters

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघ्यो

पूर्णपुष्टि, असोज २२

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै साढे ३१ हजारमा कोरोना पुष्टि भएको जनाएको छ । सङ्क्रमित धेरै भएका देशको सूचीमा ब्राजिल तेस्रो स्थानमा भए पनि मृत्यु हुनेको सूचीमा दोस्रो स्थानमा छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४८ हजारभन्दा धेरैको पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सङ्क्रमितको हिसाबले ब्राजिलभन्दा अघि संयुक्त राज्य अमेरिका पहिलो र भारत दोस्रो स्थानमा रहेको जनाईएको छ ।

अमेरिकामा अहिलेसम्म ७७ लाख ७२ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १६ हजारको मृत्यु भएको छ भने ४९ लाख ७४ हजार निको भएका छन् । त्यस्तै भारतमा ६८ लाख ३२ हजारमा कोरोना पुष्टि हुदा १ लाख ५ हजारको मृत्यु भएको छ ।