Tuesday, July 7News That Matters

ब्लड क्यान्सर सँग लड्दै उदयपुरकी देवीका मगर : बचाईदिन परिवारको आग्रह, उपचार खर्च ७० लाख लाग्ने

पूर्णपुष्टि, पुष २२
उदयपुरकी देवीका मगर ब्लड क्यान्सरले थलिएकी छिन् । कटारी नगरपालिका ६ लामिदुवाली ६ की २४ बर्षिया देवीका १ हप्तादेखी हस्पिटलमा ब्लड क्यान्सर सँग लडिरहेको छ । परिवारका अनुसार उनको अहिले बिर हस्पिटलमा उपचार भैरहेको छ । परिवारले छोरीका लागि ठुलो लगानी लाग्ने जनाएको छ । हस्पिटलले उनिहरुलाई बताए अनुसार करिब ७० लाख रुपयाँ खर्च जोहो गर्न हस्पिटलले भनेको छ । देवीका घर जोहो गर्न केहि समय अघी बोर्डिङमा पढाउने काम गर्थिन । पछि जापानी भषा पढ्न काठमाण्डौँ गएका उनिलाई ब्लड क्यान्सर लागेको पत्ता लाग्यो । देवीकालाई शरिरमा पहिले दाग डामहरु देखिएको र पछि एक्कासी कम्जोरी महसुस भएको जनाएको छ ।

आफुलाई कम्जोरी लागेपछि हस्पिटलमा जचाउन जाँदा मात्रै ब्लड क्यान्सर रोग बारे थाहा पाएको परिवारको भनाई छ । देवीकाको बुवा गुणराज राना मगर र आमा चिनामाया मगर सामान्य खेती किसानी गर्दै गुजारा चलाउँछ । घरमा ठुलो परिवार रहेका कारण देवीका पनि मेहनत गैर्दै थिईन् । परिवारलाई सहज बनाउन उनि पढाउने पनि काम गर्थिन । हस्पिटलका अनुसार देवीकाको उपचारका लागि करिब ७० लाख पैसा लाग्ने जनाए । यत्रो पैसा काहाँबाट अनि कसरी तयार पार्नु हामिले परिवार भन्छन्,” उनिहरुले छोरी बाँच्न चाहान्छन् अनि हामि पनि उनलाई बचाउन चाहान्छौ तर आर्थिक समस्या गर्दा हामी नै आफै निराश रहेको जनाए । । उनले छोरीलाई बचाउनु परिवार मात्रै सक्षम नभएका कारण सम्पूर्ण सहयोगी मनहरु प्रति हात जोडको छ । देवीका मगर बचाउन गाउँमा अभियान पनि संञ्चालन छ । सडको पेटीमा बसेर त्यहाँका युवा अभियान्ताहरुले केहि पैसा सहयोग मागिरहेो अवस्था छ । रोडमा हिड्ने सवारीहरुलाई दुई चार रुपयाँ सहयोग मागिरहेको छ ।

देवीका बचाउन तिन दिन देखी सडकमा

देवीका बचाउन स्थानीयहरुले बिभिन्न सहयोगहरुका लागि आग्रह गर्दै आएको छ । देवीकाको छिमेकीहरुले एक अभियान नै संञ्चालन गरी उनिहरु तिन दिन देखी रोडमा सहयोग माग्दै डिहिरहेको छ । मदन भण्डारी राजमार्ग अन्तरर्गत पर्ने सडकमा उनिहरुले गुडिरहेको सवारीलाई रोकेर सहयोगको याचना गरिरहेको छ । अत्यादिक खर्च लाग्ने हुनाले आफुहरु सडकमै बसेर सहयोग माग्ने काम गरिरकेो अभियानका एक सदस्य सागर बिकले जनाए । आफ्नो छिमेकीलाई यस्तो समस्या आउँदा यतिकै बस्न नसकिने हुँदा सहयोगमा लागि परेको उनले बताए । सवारीहरु कतिले रोक्दैन् । सवै रोक्नेले दिँदैन् दिनेले सय, पचार भन्दा दिँदैन कसैले ५ सय सम्म पनि दिन्छ तर त्यस्ताहरु कमै हुन्छ , उनले भने“, अचाक्ली खर्च लाग्ने भएकै कारण दिन रात सहयोगका लागि आफुहरु रोडमा वस्नु परेको जनाए । जाडोको समय छ उनिहरु बिहान देखीनै सवारीलाई रोकेर सहयोग माग्ने काम गर्छ यो काम तिन देखी निरन्तर चलिरहेको सागरले बताए । सागरका अनुसार ठुलो मेहन र आग्रका बावजुद बल्ल ८०÷९० हजार पैसा उठ्यो होला । ७० लाख खर्च लाग्छ भनेको छ । त्यसैले गर्दा सबै मानवीय व्यक्तित्वहरुले सहयोग गरिदिन अभियानकर्ताहरुले पनि अनुरोध गरेको छ ।