Monday, July 6News That Matters

कटारीमा यातायात र ट्राफिक प्रहरीको संयुक्त अनुगमन : नियम मिच्ने ५६ सवारीलाई कार्वाही

पूर्णपुष्टि, पुष २२
उदयपुरमा यातायात कार्यालय र ट्राफिक प्रहरीले शुक्रबार संयुक्त छड्के अनुगमन गरेको छ । जिल्लाको पश्चीमी भाग कटारीमा सवारीहरुलाई अनुगमन गरिएको हो । यातायात व्यवस्था सेवा कार्यालयको नियमित अनुगमन अनुसार ५६ सवारी कार्वाहीमा परेको परेको छ । ट्राफिक नियम तथा सवारी चलाउन चाहिने आवश्यक मापदण्डको आधारमा ५६ सवारी कार्वाहीमा परेको गाईघाट यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख श्याम कुमार लिम्वुले जानकारी गराए । प्रमुख लिम्वुले यातायात व्यवस्था सेवाको नियम र ऐन अनुसार महिनाको एक पटक वा दुई पटक सम्म नियमित सवारी अनुगमन गर्नु पर्ने निति रहेको जनाए । लिम्वुले सोही अनुसार उक्त अनुगमन गरिएको जनाए । उक्त अनुगमनमा यातायात व्यवस्थाको मापदण्ड अनुसार सवारीहरु ठिक छ या छैन्, सवारीको अवस्था, मापासे, कागजात, तिव्रगती जस्ता कुराहरुमा चालकहरुले नियम पालना गरे वा नगरेको बारे अनुगमन गरिएको लिम्वुले बताए । चालकहरुको आवश्यक मापदण्ड र नियमलाई चुस्त दुरुस्त बनाउन यातायात कार्यलय र ट्राफिक प्रहरीले चेक जाँच गर्ने गरेको लिम्वुको भनाई छ । गाईघाट कार्यालयले यो भन्दा पहिले पनि हरेक महिनाहरुमा ठाउँ बिषेश रुपमा चेक जाँच गर्दै आईरहेको छ । उनिहरुलाई अनुगमनमा कार्वाही सँगै नियमको बारेमा समेत बुझाईने गरेको प्रमुख लिम्वुले बताए । यो पटक भने कटारीमा चेक जाँच गरिएको थियो । कटारीको दुई ओटा ठाउँमा सवारी अनुगमन गरिएको हो ।

कार्वाहीका ५६ सवारी बाट ४८ हजार राजश्व संकलन

अनुगमनको क्रममा ५६ ओटा सवारीहरुलाई कार्वाही गर्दा नेपाल सरकारलाई ४८ हजार राजश्व संकलन भएको छ । गाईघाट यातायात कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाट, इलाका ट्राफिक कार्यालय कटारी र संञ्चारकर्मीहरु समेतको उपस्थितिमा अनुगमन गरिएका थिए । उदयपुर ट्राफिक यन्चार्ज आलोक दियालीका अनुसार अनुगमनका क्रममा ६५ ओटा सवारीहरुलाई बिभिन्न गल्तीमा कार्वाही गरिएको छ । कागजपत्र नबोक्ने, ओभर लोड, मापाशे, सवारी अवस्था जस्ता महत्वपूर्ण कुराहरुमा कार्वाही गरिएको जनाए उनले जनाए । दियालीका अनुसार सबैभन्दा बढी २१ ओटा मोटरसाईकल, १४ ओटा अटो, १० ओटा कारजिप, ४ ओटा टिफर, २ ओटा ट्याक्टर र १ ओटा ट्याङ्कर कार्वाहीमा परेको छ । उनिहरुलाई कार्वाहि सँगै सम्झाई बुझाई समेत गरी आउने समयमा सुरक्षित यात्राको लागि आह्वान समेत गरिएको छ ।