
बैशाख ११
खोटाङमा भक्तजन बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनपुर नगरपालिकाबाट हलेसी दर्शनका लागि गएको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको घटनास्थलमै ज्यान गएको हो भने २२ जना घाइते भएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कने क्रममा भक्तजन बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटे भिरमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो । दुर्घटनामा परेर २२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए ।
घाइतेलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
