
वैशाख २
भारतको पश्चिम बंगालमा हुन लागेको निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
आज विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो । पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको जिल्ला प्रशासन झापाले जनाएको छ ।
यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको छ ।
