Sunday, June 14News That Matters

भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवैध सामानसहित भारतिय नागरिक पक्राउ

पूर्णपुष्टि, भदौ १५
मोरङको बिराटनगर महानगरपालिका–१२ रोडशेस चोक स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्री बरामद गरेको छ । हिजो राती साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR 7K 1724 नम्वरको ट्रयाक्टरमा करिव ३७ लाख मुल्य बरावरको बिभिन्न प्रकारका मोटर पार्टसहरु भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्राउदै गरेको अवस्थामा बरामद गरेको हो ।बरामद गरेको अवैध सामग्री तथा ट्रयाक्टर र चालक भारत अररियाका तलुवा मुर्मु सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको प्रहरीले जनाएको छ । अन्य थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।