Monday, June 1News That Matters

भरतबाट नेपाल भित्राईएको ८ लाख बराबरको पटका बरामद

पूर्णपुष्टि, असोज ३० गते ।
भारतबाट नेपाल ल्याइएको झण्डै आठ लाख मूल्इ बराबरको पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको छ ।
तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए ।
बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका–१ बाट बरामद भएको सशस्त्रले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो ।
त्यस्त,ै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका–१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको हो। बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको छ ।
कारोबारमा संलग्नले नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै धमाधम पटका नेपाल भित्राउन थालेपछि निगरानी बढाएर सीमानाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले विशेष टोली परिचालन गरेका छन् ।
आगामी निर्वाचनतर्फ सुरक्षाकर्मी केन्द्रित भइरहँदा भारतबाट पटाउन भित्राउने गिरोह सक्रिय भएको सशस्त्रको विश्लेषण छ ।
तिहार, छठसमेतका पर्वमा पटकाजन्य विष्फोटक पदार्थको कारोबार एवं प्रयोग धेरै हुन्छ । चाडपर्वका बेला सुरक्षाकर्मीलाई छलेर भित्राइने पटकाजन्य विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोगमा भने स्थानीय प्रशासनले रोक लगाएको छ । तर विभिन्न माध्यमबाट भित्राउने गरिन्छ ।
बरामद गरिएको पटका प्रयोगमा ल्याउन नसक्ने हिसाबले नष्ट गर्ने गरिएको सशस्त्रले जनाएको छ । चाडपर्वका नाममा रमाइलो गर्ने नाममा ध्वनी प्रदूषण, आगलागी, भौतिक तथा मानवीय क्षतिको जोखिम हुने भएकाले पटकाको ओसारपसार, कारोबार र प्रयोगलाई निरुत्साहित गर्न सक्रियता बढाइएको डीआईजी गिरीको भनाइ छ ।
उनका अनुसारा चाडपर्व र आगामी निर्वाचनलाई समेत लक्षित गरेर अन्य सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा कडाइ गरिएको छ ।