
पूर्णपुष्टि, भदौ ११
भरुवा बन्दुकसहित प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका–६ नारासोतीबाट एक जनालाई पक्राउ गरेको छ । नारासोती घर भएका ५० वर्षीय गंगाराम जैशीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार बिहान सेतीखोर गाउँको जंगलबाट जैशीलाई एक नाल भरुवा बन्दुकसहित इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
