Monday, February 17News That Matters

भरुवा बन्दुक सहित २ जना पक्राउ

मोरङ, साउन ११ गते ।

मोरङको जनजागृती सामुदायीक वनबाट दुई थान बन्दुक सहिति दुई जना पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका – ७ को जनजागृती सामुदायीक वनबाट बन्दुक सहित दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेका हुन् ।

अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिको संयुक्त गस्ति टोलीले सामुदायीक वन क्षेत्रमा कानेगापा – ५ जहदा निबासी २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका – ४ निबासी ४४ वर्षीय शम्भु गहतराजलाई भेटेपछि चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट लोड गरि राखेको दुई थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।