
ओखलढुंगा, असोज १२
ओखलढुंगामा भर्याङबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ । मोलुङ–७ निबासी ७१ बर्षीय पासाङ शेर्पाको लडेर मृत्यु भएको हो ।
हिजो दिउँसो साढे ३ बजे आफ्नै घरको भर्याङबाट ओर्लने क्रममा अचानक लड्दा शेर्पाको मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

