पूर्णपुष्टि, कार्तिक ११ गते ।
भाइटीकाको दिन आग्लागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा बुरुम्खिम टोलका स्थानीय आग्लागीका कारण भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।
आग्लागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आग्लागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको तामाङले जाकारी दिए । आग्लागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।
