पूर्णपुष्टि, कार्तिक ९
उदयपुरमा भएको छुट्टा छुट्टै मोटरसाईकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ । जिल्लाको कटारी नगरपालिका र बेलका नगरपालिकामा भएको मोटरसाईकल दुर्घटनामा दुई युवाको ज्यान गएको हो । ज्यान जानेमा कटारी नगरपालिका ११ का अन्दाजी २४ बर्षिय यलम्वर बहादुर श्रेष्ठ र बेलका नगरपालिका १ का झाखेरका ३७ बर्षिय धन बहादुर तामाङ रहेको छ ।
श्रेष्ठको मंगलबार ९ ः ३० बजेको समयमा बेतेनी बाट गँहुवारी तर्फ जाने क्रममा हर्देनीमा लु ८८ प १८५६० नं को मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो भने सोही मोटरसाईकल पछाडी सवार कटारी ११ कै इन्दिरा कार्की घाईते भएकी छिन् । यता तामाङ्को बेलका १ सर्वन चोकमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको अवस्थामा प्रदेश नं १–०२–०४ प ४५३५ नं को मोटरसाईकल आफै अन्यन्त्रिीत हुँदा दुर्घटना भई गम्भीर घाईते भएका थिए । घाईते तामाङ्को उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई उपचारका लागि कन्चनरुप नगरपालिका ८ स्थित स्वास्थ्य चौकी पठाईएको थियो । मृतक दुवैको पोष्टमार्टमका लागि हस्पिटल पाठाईएको र अन्य थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
