Thursday, June 4News That Matters

१६ नं वडा कर्कलेमा गाई संकास्पद मरेको अवस्थामा फेला, हत्या गरी मारेको आशंका

पूर्णपुष्टि, कार्तिक ९
त्रियुगा नगरपालिका १६ नं वडामा गाई बिभत्स तरिकाले मरेको अवस्थामा फेला परेको छ । लक्ष्मी पुजाको भोलीपल्ट राती गाई मरेको अवस्थामा बुधबार बिहान स्थानीयहरुले फेला पारेको हो । स्थानीय शेर बहादुर राई (भल्दार) को गाई संकास्पद मरेको अवस्थामा फेला परेको हो । गाईलाई कसैले हत्या गरी मारेको हुन सक्ने स्थानीयहरुले आसंका गरेको छ । लक्ष्मी पुजाको दिन पुजा गरी रंङले सिँगारिएको गाई गएराती बाँधेकै ठाउँमा मरेको अवस्थामा पेला परेको स्थानीय सरोज राईले जानकारी दिए ।

स्थानीयहरुले बिहान गाई मरेको अवस्थामा फेला पारे सँगै कुनै अरु गाईवस्तुले नै खुस्केर मारेको हो की भन्ने संका गरेको भएपनि गाई बाँधिएकै दाम्ला ३ ठाउँमा काटिएको फेला परेपछि संकाले अर्को मोड लिएको राईले जनाए । गाईको एकपटिको सिंङ्ग समेत खुस्कीनुका साथै पिसाव फेर्ने ठाउँ समेत सुन्नीएको र रगत समेत देखिएको जनाईएको छ । गाई मरेको या मारेको हो भन्ने कुरा सामान्य जस्तो भएपनि घटना निकै बिभत्स र संकास्पद रहेको राईको भनाई छ । स्थानीयले गाईको अवस्था संकास्पद रहेपछि सुकौरा प्रहरी चौकीलाई खबर गरेका थिए । घटना निकै जटिल जस्तो देखिएको भन्दै चौकीले जिल्लालाई खबर गर्न अनुरोध गरेका थिए । त्यस घटना सम्बवन्धि अहिले जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला पशु सेवा कार्यालयको टोली घटना स्थल गैरहेको राईले जनाए । सुकौरा प्रहरीका चौकीका अनुसार आफुहरुले जिल्लालाई खबर गरेको जनाएको छ । चौकीका अनुसार स्थानीयहरुको संकाको आधारमा एक युवालाई चौकीले प्रक्राउ समेत गरेको जनाएको छ । स्थानीय युवा आषिश राईलाई अनुसन्धानको लागि सुकौरा प्रहरी चौकीले पक्राउ गरेको जनाईएको छ । घटना स्थल नजिक बाटै लाईटर र गाँजा समेत फेला परेको छ ।