Thursday, June 4News That Matters

दाजुभाई समूहद्धारा गाईघाट नगर प्रहरीलाई मोटरसाईकल प्रदान

पूर्णपुष्टि, कार्तिक ८
दाजुभाई समूह (दोहा कतार) ले गाईघाटमा रहेको नगर प्रहरीलाई ३ लाख बराबरको मोटरसाईकल प्रदान गरेको छ । जनताको सेवामा खटिनका लागि आवश्यकीय सवारी साधनको रुपमा मोटरसाईकल प्रदान गरिएको हो । त्रियुगा उद्योग वाणिज्य संघको पहल तथा दाजुभाई समूहको लगानीमा पल्सर १५० सिसिको मोटरसाईकल प्रदान गरिएको हो । रोजगारीको शिलशिलामा कतार पुगेको उदयपुरका युवाहरुको संयुक्त सहयोग संकलनबाट मोटरसाईकल खरिद गरी प्रहरीलाई प्रदान गरिएको समूहका संयोजक सन्दीप भट्टराईले जनाउनुभयो । भट्टराईले जनताको सुरक्षाका निम्ती खटिने प्रहरीलाई सवारी साधनको अत्यावश्यक हुने भन्दै उक्त मोटरसाईकल प्रदान गएिको जनाउनुभयो ।

यसैगरी त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले दाजुभाई समूह ठुलो रिदय भएको समूह रहेको बताउनुभयो । उहाँले यो खसगरी त्रियुगा उद्योग बाणिज्य संघको पहलमा प्रहरीलाई मोटरसाईकल प्रदान गर्न पाउँदा आफु अत्यादिक खुसी रहेको समे जनाउनुभयो । सवारी साधनको अभावमा जनताका लागि तुरुन्तै खट्न सहज नभएको अवस्थामा अब भने चुस्त दुरुस्त जनतामा पुग्न सकिने रसाईलीले जनाउनुभयो । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राकेश कुमारी पोदारले दाजुभाई समूह र उद्योग बाणिज्य संघलार्य धन्यवाद व्यक्त गर्नुभयो । यो मोटरसाईकल प्रहरीलाई नभई जनताहरुलाई प्रदान गरिएको भन्दै धन्यवाद सहित खुसी ब्यक्त गर्नुभयो ।