
पूर्णपष्टि, जेठ २८ गते ।
भारतबाट स्वदेश आउँदै गरेको सुस्ताका एक जनाको मृत्यु भएको छ । भारतको मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका एक नेपालीको सुनौलीमा मृत्यु भएको हो ।
मृत्यु हुने नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुष रहेको जनाईएको छ । ३ दिनअघि भारतको मुम्बईबाट पाल्पाका ३ जना साथीसहित बसमार्फत आएका उनी मंगलबार राति करिब ४ बजेतिर सुनौली आइपुगेको प्रहरीले जनाएको छ ।
सुनौली बजारमा बसेका उनले बिहान एक्कासी वान्ता गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुलिनसकेको जनाईएको छ ।
