Thursday, June 18News That Matters

भारतबाट नेपाल फर्किनेहरुमा कोरोना संक्रमण देखियो

पूर्णपुष्टि,चैत्र २२ । नेपला–भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्नेहरुमा कोरोना संक्रमण देखिएको छ । छिमेकी मुलुकबाट नेपाल आउँने गरेको प्रत्यक व्यक्तिहरु दिनमा १५० देखि २०० जनासम्म परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि देखिन थालेको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरीले बताईन् ।

प्रमुख गिरीका अनुसार ‘चैत्र महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको छ ।’ कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन्।