
पूर्णपुष्टि, जेष्ठ १ । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरी घर फर्किएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छिन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति सकुशल रहेको छ भने एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।