
पूर्णपुष्टि, चैत २२
भारतमा एकैदिन ९२ जार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको भारतीय मिडियाहरुले जनाएका छन् । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७ सय १३ जनाको ज्यान गएको थियो ।
भारतमा अहिलेसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।
