Thursday, July 2News That Matters

भारतमा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, साउन २६

भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २२ लाख १५ हजार ७४ पुगेको छ ।

उक्त संक्रमति मध्ये पछिल्लो २४ घण्टामा १ सय ७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै अमेरिकामा अहिलेसम्म १ लाख ६५ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा १ लाख ४ सय ७७ जनाको मृत्यु भईसकेको वल्र्डओडोमिटरले जनाएको छ ।