
मोरङ, श्रावण २६
मोरङको पथरी शनिश्चरेमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका–१० का ६३ बर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको हो ।
हिजो साँझ सवा ६ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
