Friday, June 26News That Matters

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार भन्दा बढी

पूर्णपुष्टि, जेठ २९ गते ।

कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ८ हजार १ सय २ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि भारतमा २ लाख ८५ हजार ५ सय ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमित मध्ये १ लाख ४१ हजार २९ जना उपचारपछि निको भएरका छन् ।

सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म ९४ हजार ४१ संक्रमित फेला परेको मध्ये ३ हजार ४ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३६ हजार ८ सय ४१ संक्रमित फेला परेको छ भने ३ सय २६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ३२ हजार ८ सय १० जनामा संक्रमण भेटिएको मध्ये ९ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा २१ हजार ५ सय २१ संक्रमित फेला परिसकेका छन् भने १ हजार ३ सय ४७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म ११ हजार ६ सय १० संक्रमित फेला परेका छन् भने ३ सय २१ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ९ हजार ३ सय २८ संक्रमित भेटिएका छन् भने ४ सय ३२ जनाको मृत्यु भइसकेको छ । बिहारमा ५ हजार ७ सय १० संक्रमित फेला परेका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ ।