भारतमा नेपाली मजदुर सवार बस दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाईते

पूर्णपुष्टि, पुष ३

भारतमा नेपाली मजदुर सवार रहेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । पाँच जना घाईते भएका छन् । बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी ०३३० पी १३७५ नम्बरो बस राजकोट जादैँ गर्दा उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुत्रबार दुर्घटना भएको थियो ।

दुर्घटनाबाट बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने छोरा विष्णु थापाको मृत्यु भएको हो । घाइते भएका पाँच जनाको अवस्था सामान्य रहेको छ भने अन्य यात्रुहरु शकुसल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । घाइतेहरूको उपचार भारतमा भइरहेको छ । बालकको शव पनि भारतमा नै रहेको प्रहरिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: