Friday, June 26News That Matters

भारतिय नक्कली नोट सहित ३ जना पक्राउ

पूर्णपुष्टि, फागुन १३
मोरङको बिराटनगर महानगरपालिका १३ बाट भारतिय नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ बर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ बर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ बर्षीय मोहमद महसुम रहेका छन ।

शुक्रबार बिहान साढे १० बजे बिराटनगर १३ नहर चोक स्थित सि.आर.भि जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाका भारतिय नक्कली नोट बरामद भएको हो । नक्कली नोट सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।