
पूर्णपुष्टि, बैशाख २४ । भारतीय बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । खान आईतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जनाएको छ ।
बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन नेपाल आएको खान १० दिनसम्म ध्यान केन्द्रमा रहने विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । यसअघि राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा खान २०१४ मा नेपाल आएका थिए ।
