Monday, June 29News That Matters

भारतीय जी न्युजको पीत पत्रकारिता

पूर्णपुष्टि, असार २५

भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको नेपाल पत्रकार महासङ्घले नेपालको जनाएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएको र यो प्रचार पीत पत्रकारिताको नमुना रहेको महासङ्घको दाबी छ । जी न्युजका सामग्री प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको छ ।

महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियामा सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कुटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।