
पूर्णपुष्टि, असार २५
नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएका छ् । योसँगै ७ हजार ८ सय ९१ जना उपचारपछि निको भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म उक्त संक्रमित मध्ये ३५ जनाको कोरोनाको कारण मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।
