
पूर्णपुष्टि, असार ७ । काठमाण्डौँको महनगरपालिकाको मेयर बालेन्द्र शाहले भारतीय फिल्ममा प्रतिबन्ध लागएको निर्णयविरुद्धको मुद्धा न्यायाधीश धीरबहादुर चन्दको एकल इजालसमा परेको छ । बिहीबार उच्च अदालत पाटनमा चलचित्र संघको तर्फबाट प्रीतम घिमिरेले काठमाडौं महानगरविरुद्ध निषेधाज्ञा आदेश माग गर्दै रिट दायर गरेका थिए ।
संघको तर्फबाटका कानुन व्यवसायी जयलाल भण्डारीले मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको यो मुद्धाको आजै आदेश आउन सक्ने सम्भावना रहेको बताए । ‘आदिपुरुष’ फिल्ममा सिता भारतको छोरी हुन् भन्ने संवादमा आपत्ति जनाउँदै मेयर शाहले उक्त संवाद भारतमा सच्याउन फेसबुकमार्फत तिन दिने अल्टिमेटम दिएका थिए । आईतबार अल्टिमेटम संकिदापनि संवाद नहटाएको भन्दै शाहले सोमबारदेखी भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि महानगरका १७ वटै फिल्महलहरु बन्द गरिएको थियो भने पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकाले पनि आदिपुरुषमा समावेश डायलग नसच्चाएसम्म भारतीय फिल्म रोक्ने निर्णय गरेका थिए । यस्तै नागरिक उड्डयन प्राधिकरणले मेयर शाहविरुद्ध दायर गरेको प्रतिषेध मुद्दा पनि न्यायाधीश चन्दकै इजलासमा परेको छ ।
