Sunday, June 28News That Matters

भारतीय विस्तारबादी विरुद्ध बत्ति निभाएर विरोध

पूर्णपुष्टि, जेठ ६ गते ।

उदयपुरका नागरिकसमाजले ५ मिनट बत्ति निभाएर भारतीय विस्तारबादी विरुद्ध सांकेतिक विरोध जनाउदै आएको छ । भारतले मिचेका नेपाली भुमि र भारतीय सेनापतिको अभिव्यक्ति प्रति बेलुका ८ बजेदेखि ८ः५ बजेसम्म बत्ति निभाएर सांकेतिक विरोध जनाउँदै आएको हो ।

नेपाली भु–भाग कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भुमि भारतले मिचेको छ । त्यो तत्काल फिर्ता हुनु पर्नेमा उल्टै भारतीय सेनापतिले धम्क्याउने शैलिमा अभिव्यक्ति दिएको प्रति सांकेतिक विरोध जनाएको सामाजिक अभियान्ताहरुले बताएका छन् । गत जेठ ४ गतेदेखि १० गतेसम्म साँझ बत्ति निभाएर सांकेतिक विरोध जनाउने कार्यक्रम रहेको छ ।

स–साना देश जस्तो नेपाली भुमी भारतले मिचेकाले तत्काल बत्ति निभाएर सांकेतिक विरोध जनाउँदै आएको सामाजिक अभियान्ता भारत चाम्लिङ राईले बताउनुभयो । सरकारले पारित गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ स्वागत योग्य रहेको छ । तर यसको कार्यन्वयन हेर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

भारतले मिचेको नेपाली भुमि फिर्ता भएन भने चरणबद्ध रुपले विरोध प्रक्रिया फेरिदै जाने सामाजिक अभियान्ता राईले बताउनुभयो । मिचिएको नेपाली भु–भाग फिर्ता हुर्दैन भने हाम्रा वीर पुर्खा झैँ जनता विरोध मात्रै नभई युद्धमै उत्रने उहाँले बताउनुभयो ।