Saturday, April 26News That Matters

भारतीय सहयोगमा बनेको बेलका माविको भवन उद्घाटन

पूर्णपुष्टि, फागुन ५ ।  भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले उदयपुरको बेलका नगरपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् । जनता बेलका माध्यमिक विद्यालयको ४ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण भएको तीन तले भवनमा २४ वटा कोठा रहेका छन् ।

उद्घाटन समारोहमा बोल्दै श्रीवास्तवले नेपाल-भारत सम्बन्धको ऐतिहासिक महत्व औंल्याउँदै शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार क्षेत्रमा भारत सरकारले गर्दै आएको सहयोगको निरन्तरता रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्वमन्त्री डा. नारायण खड्काले उदयपुरको विकासमा भारत सरकारको योगदानको प्रशंसा गर्दै विद्यालय भवन, खानेपानी र नदी नियन्त्रणमा महत्वपूर्ण सहयोग प्राप्त भएको बताए ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले भारतीय उपप्रमुख श्रीवास्तवलाई मायाको चिनो प्रदान गर्दै थप सहयोगको अपेक्षा व्यक्त गरे । भारत सरकारले नेपालको विकास निर्माणमा निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि यस्तो सहयोग बढ्दै जाने श्रीवास्तवले बताए ।