
पूर्णपुष्टि, साउन २८
बेलका नगरपालिकाका मेयर अशोक कार्कीले कोशी बाँध भारत सरकारले बाँध्ने भनिएपनि अझै सम्म नबाँधेको जनाउनुभयो । उहाँले भारतको स्वार्थपूर्ण आश्वासन अझै पुरा नभएपछि त्यहाँको जनताहरुलाई कोशीले बिचल्ली बनाएको समेत बताउनुभयो । कोशीको पानीले भारतलाई समेते ठुलो क्षती पुराउने भएको हुँदा त्यसैको स्वार्थपुर्ण आश्वासनले भारतले कोशीमा बाँध लगाईदिने बाचा गरेका थिए । तर अझै सम्म पनि त्यो काम पुरा भएको छैन् । केन्द्रीय सरकारले पनि भारत सँग समन्वय गरी बाँध लगाउने कुरा प्रतिवद्ध गर्दै आएको मेयर कार्कीको भनाई छ । यसरी कुरैकुराले अधुरो रहेको कोशी बाँधले यो बर्ष भने टप्पुका स्थानीयहरुलाई भने समस्या नै पार्यो ।

बेलका नगरपालिका सहित बाराहा सुनसरीको स्थानीयहरु समेत प्रभावित बने । कोशी बाँध नभएपछि लगतारको बर्षाले धार परिवर्तन गर्दै वस्तीमा प्रवेश गरेको थियो । वस्ती प्रवेश गरेको कोशीले त्यहाँका २५ सय बढी स्थानीयलाई प्रभावित पार्यो । यसै सन्दर्भमा अहिले कोशी बाँधको दिर्घकालिन समधानको माग गर्दै स्थानीयरु आन्दोलनमा समेत उत्रिएको छ । केन्द्रीय सरकारले पनि भारते बाँध नबाँधे आफै बाँध्ने कुरा जनाएको छ । यसरीनै केन्द्रीय सरकारले समेत नबाँधे स्थानीय सरकारको सानो बजेटले नै भएपनि बाँध लगाउन प्रयास गर्ने मेयर कार्कीले जनाए ।
पिडित जनताहरुका लागि स्थानीय सरकारको स्रोतले भ्याए सम्म बाँधमा आफै लगानी गर्न पछि नहट्ने समेत जनाए ।
