Thursday, July 2News That Matters

भारितिय सिमाबाट नेपल उच्च जोखिममा

 पूर्णपुष्ट/ बैशाख, २३

नेपाल भारत विच हरेक क्षेत्रबाट जोडिएको सिमा नाकाले नेपाल कोरोना संक्रमणको जोखिममा रहेका छ । पछिल्लो समय भारतमा दिनहु जसो कोरोना संक्रमितको संख्या बढ्दो छ भने मर्नेको संख्या पनि उस्तै रहेको छ । हाल सम्म भारतमा संक्रमणको  संख्या ४६ हजार ४ सय ३७ पुगेको छ भने १ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको अवस्था छ ।

यतिवेला नेपालको सिमा नाकाहरुलाई निकै व्यवस्थित गर्नु पर्ने जरुरी देखिएको छ । नेपाल छिर्ने प्रदेश तथा क्षेत्रहरुमा कोरोनो संक्रमनको संख्या बढ्दो रहेको छ ।  सिमा छेउछाउ तथा क्षेत्रहरुमा यस्तो अवस्था आइरहेपनि स्वास्थ्य परिक्षण र रोकथामको उपायहरुको अवस्था कम्जोर देखिएको छ ।

नेपालको भारतसँगको सीमामा अधिकांश भाग उत्तरप्रदेश र बिहार राज्यअन्तर्गत पर्छ । र, दुवै प्रदेश उच्च जनघनत्व भएका राज्यमा पर्छन् । उत्तर प्रदेशको मात्रै करिब २३ करोड जनसंख्या छ भने बिहारको जनसंख्या १२ करोड हाराहारी छ । तर, स्वास्थ्य पूर्वाधारका हिसाबले यी दुई राज्य अन्यको तुलनामा निकै पछाडि मानिन्छन् ।

उत्तर प्रदेशमा २३ करोड जनसंख्याका लागि कोरोना भाइरसको परीक्षणका लागि सरकारी र निजीसमेत गर्दा २३ वटा प्रयोगशाला मात्र छन् । त्यसैगरी बिहारमा त त्यस्तो सुविधा सातवटामा मात्र छ । पश्चिम बंगालमा १७ वटा प्रयोग शाला छन् । जबकि पश्चिम बंगालको जनसंख्या नौ करोडभन्दा बढी छ । उत्तराखण्डमा पाँच वटा प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण हुने गरेको छ ।

नेपालसँग सीमा जोडिएका यी भारतीय राज्यहरूमा एकातिर संक्रमण बढिरहेको छ भने परीक्षण दर पनि निकै कमजोर छ । विज्ञहरूले यी राज्यमा जनसंख्याको तुलनामा संक्रमितको संख्या कम हुनुका पछाडि परीक्षण कम हुनुलाई नै प्रमुख कारण ठानेका छन् । पछिल्लो तथ्यांक अनुसार बंगाल, बिहार र उत्तर प्रदेशमा भारतको औषत भन्दा निकै कम मात्र परीक्षण भइरहेको छ । भारतको परीक्षण हाल औसत हाल ८ सय ५० बढी छ ।

त्यसमाथि स्वास्थ्य क्षेत्रको पूर्वाधार पनि निकै कमजोर मानिन्छन् । बिहार र उत्तरप्रदेश त भारतका अन्य राज्यहरूको तुलनामा स्वास्थ्य क्षेत्रका पूर्वाधारका हिसाबले पनि सबैभन्दा कमजोरमध्येमा पर्छन् । बिहारमा मात्र २७ प्रतिशत जनसंख्यामा शुलभ शौचालय उपयोग गर्छन् ।

संक्रमण उच्च भएका १३० जिल्लालाई रातो, संक्रमण सीमित भएको र पछिल्ला दिनमा बृद्धि नदेखिएका २८४ लाई सुन्तला र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई हरियो क्षेत्र निर्धारण गरिएको छ । यो वर्गीकरणमा उत्तरप्रदेश, बिहार र पश्चिम बंगालका सीमावर्ती जिल्लाहरूलाई पनि जोखिमयुक्त क्षेत्र निर्धारण गर्दै रातो र सुन्तला रङ दिइएको छ । संक्रमण फैलिने क्रम विद्यमान रहेकाले ती जिल्लाहरूलाई जोखिमयुक्त भनिएको हो ।

उत्तरप्रदेशमा कोरोना भाइरसको संक्रमितको संख्या २७ सय नाघेको छ भने बिहारमा ५१७ जनामा संक्रमण पुष्टि भएको छ । उत्तरप्रदेशका नेपालसँग जोडिएका पिलिभित, लखिमपुर खेरी, बहराइज, श्रवस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जलाई जोखिमयुक्त क्षेत्र (सुन्तला रङ) तोकिएको छ ।

जसमध्ये सबैभन्दा बढी बहाराइचमा १४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी महाराजगन्जमा ६, लखिमपुरी खेरीमा ४ र पिलिभितमा २ दुईजनामा संक्रमण पुष्टि भएको छ । बिहारको कुरा गर्दा भारतको केन्द्र सरकारले नेपालसँग सीमा जोडिएका पूर्वी चम्पारम, मोतिहारी, सितामढी, मधुवनी, सुपौल, अररिया र किसनगन्ज सबै जिल्लालाई जोखिमयुक्त क्षेत्र भनेको छ ।

संक्रमणलाई रोक्न सीमा बन्द गरिए पनि लुकिछिपी बिहार र उत्तरप्रदेशबाट नेपाल छिर्ने क्रम रोकिएको छैन । पछिल्लो समय उदयपुर, नेपालगन्ज र भैरहवामा पुष्टि भएको संक्रमण यिनै सीमावर्ती राज्यबाट लुकिछिपी जानेहरूबाट फैलिएको देखिन्छ ।