Wednesday, June 10News That Matters

भारी मात्रामा प्रतिबन्धित औषधीसहित २ युवक पक्राउ

पूर्णपुष्टि, फागुन २९ । सुनसरीको धरान उप–महानगरपालिका–१६ नौलोबस्ती स्थितबाट प्रतिबन्धित ओषधिसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाह रहेका छन् ।

शंकास्पद अवास्थामा रहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा प्रहरीले घरको पछाडी लुकाईछिपाई राखेको प्रतिबन्धित औषधी tramol50- १२ हजार २०० क्याप्सुल र spaspin- ५३० ट्याबलेट फेला पारी उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

उनिहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।