भिरबाट लडेर एकै परिवारको दुई जनाको मृत्यु

पूर्णपुष्टि, पुष ३
गुल्मीमा भिरबाट लडेर एकै परिवारको दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका –१ सिम्लेका २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियार श्रीमान–श्रीमती रहेका छन् ।माईती जाने क्रममा मुसिकोट नगरपालीका –१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए ।

भिरबाट लडेर घाइते अवस्थामा रहेको भन्ने स्थानियले प्रहरि चौकिमा जानकारी दिएका थिए । जानकारी पाउन साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा खटिएको प्रहरि टोलिले उनिहरुलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए। दुवै जनाको शव गुल्मी अस्पतालमा राखिएको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: