Monday, June 29News That Matters

भिरबाट लडेर एक जनाको मृत्यु

विकास बस्नेत
उदयपुरगढी, असोज २६

उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–६ निबासी ५७ वर्षीय दलबहादुर सुवेदी भिरबाट लडेर मृत्यु भएको हो ।
आईतबार विहान करिब १० बजे घरमा कसैलाई केहि नभनि हिडेका सुवेदी घर नजिकैको तिनटाट्ने भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरदेख करिब ५ सय मिटरको दुरीमा  रहेको भिरबाट करिब ६० मिटर तल लडेर वैजनाथ खोलामा खसी खोलाले करिब ५० मिटर बगाई अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खोला विचमा अड्किएको अवस्थमा माछा मार्नेहरुले देखेर गाउँमा खबर गरेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको प्रहरीले जनाएको छ ।

मृतकको ठाउकोमा गहिरो चोट लगोको छ । शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ ।