खोटाङ, श्रावण ०३ गते ।
खोटाङको हलेसि तुवाचुङ नगरपालिका(७ का ४० बर्षीय गणेश बि।क।को भिरबाट लडेर मृत्यु भएको छ ।
बिहिवार अपरान्ह ५ बजे घरबाट दुध बेच्न भनी हलेसी बजार तर्फ हिडेका बि।क। दुध बेचेर फर्कने क्रममा बाटोको तारेभिरबाट अचानक लडी मुत्यु भएको हो ।
भिरबाट करिव २०० मिटर तल खस्दा घटनास्थल मै विबको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान गरी कानूनी प्रकृया अनुसार शव परिक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।