
ताप्लेजुङ, माघ ११ गते ।
ताप्लेजुङ पाथिभरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पाथिभरा याङबरक–४ डुम्रिसे निबासी ४७ बर्षीय राजमान तामाङको लडेर मृत्यु भएको हो ।
घोप्टे भिरमा खर काट्ने क्रममा शुक्रबार बिहान ११ बजे लडेर घाईते भएका तामाङलाई उपचाराको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
